अत्यधिक चिसाे बढ्दै, सतर्कता अपनाउन आग्रह, हवाई उडान प्रभावित

प्रकाशित मिति: २७ पुष २०७९, बुधबार ०८:०४


काठमाडाैं, पाैष २७ ।
आज काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

हाल देशभर पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका भू-भागमा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राति सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना तथा तराईका केही भू-भागहरूमा बाक्लो हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमासमेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मनकामना केवुलकार २६ वर्ष पूरा गरी २७ औँ वर्षमा प्रवेश

काठमाडौं, मंसिर ८ । माता मनकामनाको असिम अनुकम्पा र आशिर्वादले साथै यात्रुजनहरूको स्नेहले.....