संसद् भवनमा खटिएका एकैसाथ ३२ सुरक्षाकर्मीहरूलाई जिम्मेवारीबाट हटाइयो

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार १९:५१


काठमाडाैं, फागुन १४ ।
नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको टोलीलाई प्रहरी प्रधान कार्यालयले एकैसाथ जिम्मेवारीबाट हटाइएको छ ।

लघुवित्तका ऋणीहरूको टोली संसद् भवन परिसरभित्र प्रवेश गरेपछि गृह मन्त्रालयको नेतृत्वमा संसद् भवन परिसरमा खटिएका सुरक्षा टोलीलाई हटाइएको हो ।

स्रोतकाअनुसार यसरी जिम्मेवारीबाट खोसिनेमा इन्स्पेक्टरसहित ३२ जना रहेका छन् । उनीहरूको ठाउँमा नयाँ टोलीसमेत पठाइसकिएको स्रोतले बतायो ।

आज सोमबार दिउँसो भएको घटनाबारे छानबिन गर्न एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइसकेको छ ।

निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र छिरेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त पीडितलाई नियन्त्रणमा लिएको छ । यसपछि सभामुख देवराज घिमिरेले पनि प्रहरी प्रमुख बसन्त कुँवरलाई फोन गरेर चासो व्यक्त गरेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

सडक विभाग र काठमाडौं महानगर प्रहरीबीच विवाद

काठमाडाैं, जेठ २१ । न्यूरोड क्षेत्रको सडक विस्तारलाई लिएर सडक विभाग र काठमाडौं महानगर.....

देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली

काठमाडाैं, जेठ २१ । जल तथा मौसम.....