मुख्यमन्त्री कार्कीकाे घर अगाडि शंकास्पद वस्तु फेला, प्रहरीद्वारा अनुसन्धान
काठमाडाैं, मंसिर ८ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापास्थित घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । कागजमा पोको पारेर तार जोडिएको जस्तो देखिने वस्तु कार्कीको घर अगाडि फेला परेको हो ।
दुर्गा माताकी जय लेखिएको उक्त वस्तुलाई डिस्पोज गर्न झापाको चारआलीस्थित अरिदमन गणबाट नेपाली सेनाको डिस्पोजल टोली झिकाइएको छ । उक्त वस्तु कसले किन राख्यो भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान अगाडि बढाएकाे छ ।
मुख्यमन्त्री कार्की आज शनिबार बिहान विराटनगरबाट झापास्थित घर पुगेका हुन् । उनी घरनजिकैको पारिवारिक कार्यक्रममा सहभागी भएपछि बाह्रदशी गाउँपालिकामा आयोजित कार्यक्रममा पुगेका थिए ।
प्रतिक्रिया