काठमाडाैंकाे तीन अलग-अलग स्थानमा तीन जनाकाे शव फेला

प्रकाशित मिति: ८ मंसिर २०८१, शनिबार २०:१७


काठमाडाैं, मंसिर ८ ।
काठमाडौंका विभिन्न क्षेत्रमा आज शनिबार मात्रै तीन जनाकाे शव फेला परेकाे छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको काठमाडौंका प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

उनकाअनुसार गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर भएका ५२ वर्षीय नरबहादुर राई, टोखा नगरपालिका-१० खरिबोटस्थित सत्कार खाजा पसलका सञ्चालक सुनसरी धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुनकुमार राई आफ्नै खाजा पसल अगाडि मृत फेला परेका छन् ।

यसैगरी, दक्षिणकाली नगरपालिका-६ दक्षिणकाली साँस्कृतिक क्षेत्र सुधार समितिको जङ्गलको पानी ट्याङ्कीनजिक खोल्सामा आज बिहान एक पुरुष मृत भेटिएकाे प्रहरीले जनाएको छ । अन्दाजी ६० वर्षीय ती पुरुषको पहिचान खुलेको छैन । तीन वटै घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडाैंकाे तीन अलग-अलग स्थानमा तीन जनाकाे शव फेला

काठमाडाैं, मंसिर ८ । काठमाडौंका विभिन्न क्षेत्रमा आज शनिबार मात्रै तीन जनाकाे शव फेला परेकाे.....

मनकामना केवुलकार २६ वर्ष पूरा गरी २७ औँ वर्षमा प्रवेश

काठमाडौं, मंसिर ८ । माता मनकामनाको.....