एङ्कर वाई प्यानासोनिकले काठमाडौंमा भव्यताका साथ जिभा स्वीच सकेट बजारमा

प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार १९:००


काठमाडौं, मंसिर १३ ।
विद्युतीय निर्माण सामाग्री क्षेत्रको अग्रणी एङ्कर वाई पानासोनिकले हयात प्लेस, काठमाडौंमा आयोजित एक भव्य कार्यक्रममा आफ्नो नवीनतम आविष्कार, जिभा स्वीच सकेटका उत्पादनलाई भव्यताका साथ अनवरण गरेको छ । प्रस्तुत कार्यक्रममा १ सय ५० प्रमुख बिक्रेता र उद्योगका सरोकारवालाहरूको सहभागिता रहेको थियो, जसले नेपालमा उक्त उत्पादन बारे जानकारी दिनका लागि महत्वपूर्ण कोशेढुङ्गाको रूपमा रहेको पाइन्छ ।

कार्यक्रममा एङ्कर बाई पानासोनिक, भारतबाट प्रमुख अतिथीको रूपमा योशियुकी काटो, विशाल नाङ्गलिया, र सुनसुके मिजोले उपस्थित रहेको थियो । जसले जिभा उत्पादनका स्वीच सकेटहरूको बारेमा जानकारी गराएका थिए । उनीहरूले वस्तुको गुणस्तर, नवीनता र खुद्रा बिक्रेता र उपभोक्ताहरूलाई समान रूपमा मूल्य प्रदान गर्न ब्राण्डको प्रतिबद्धतालाई जोड दिएका थिए ।

जिभा उत्पादन एङ्कर बाइ प्यानासोनिकको उत्कृष्टताको नवीनतम प्रयासको प्रमाण हो, जसले प्रतिस्पर्धी बजारमा ब्राण्डको लागि नयाँ सुरुवातको प्रतिकलाई जनाउने छ । अत्याधुनिक प्रविधि र आधुनिक सौन्दर्य शास्त्रका साथ डिजाइन गरिएको, जिभाले स्थायित्व, कार्यक्षमता र शैलीलाई प्रतिनिधित्व गर्दछ, जसले ग्राहकहरूको विलाशिताको आवश्यकताहरू पूरा गर्नेछ ।

विद्युतीय क्षेत्रमा अग्रणी ब्राण्डको रूपमा आफ्नो स्थानलाई सुदृढ गर्दै पावर व्यावसायमा एङ्कर बाइ प्यानासोनिकले बजारमा आफ्नो उपस्थितिलाई सुदृढ पार्ने उद्देश्यले यो प्रक्षेपण गरिएको हो । यसले कम्पनीको डिलर र रिटेलर सञ्जाललाई नेपालभर विस्तार गरेको छ, दीगो विकासको लागि व्यावसायलाई बलियो बनाउँदै जिभासँग, एङ्कर बाइ प्यानासोनिकले प्रतिस्पर्धी मूल्यहरूमा उच्च गुणस्तरको उपकरणहरू प्रस्तुत गरेको छ, ग्राहकहरूको लागि न्यूनतम मूल्यमा विश्वसनियता सुनिश्चित गर्दै, नवीनता र उत्कृष्टता प्रति आफ्नो निरन्तर प्रतिबद्धता देखाएको छ ।

कार्यक्रममा बोल्दै, योशियुकी काटोले भने, “जिभा उत्पादनले विद्युतीय निर्माण सामाग्री उद्योगमा उत्कृष्टता प्रदान गरेको छ । जिभाको उत्पादनले बिद्युतीय क्षेत्रमा नौलो आयाम परिभाषित गर्दै प्रिमियम उत्पादनहरू ग्राहक समक्ष प्रस्तुत गर्ने हाम्रो प्रतिबद्धतालाई मूर्त रूप दिएको छ । हामी  विश्वस्त छौँ कि यो प्रक्षेपणले नेपालको बजार, विकास र नव प्रवर्तनमा महत्वपूर्ण प्रभाव पार्नेछ ।

विशाल नाङ्गलियाले भने, “हाम्रो लक्ष्य भनेको एङ्कर प्यानासोनिक ब्राण्डसँग गहिरो सम्बन्ध प्रबर्द्धन गर्दै हाम्रा खुद्रा बिक्रेता र उपभोक्ताहरूलाई सशक्त बनाउने समाधानहरू प्रदान गर्नु हो । जिभाले आजको बजारको विविध आवश्यकताहरू पूरा गर्ने हाम्रो समर्पणलाई प्रतिनिधित्व गरेको छ ।”

शुन्सुके मिजोले अगाडि भने, “यो प्रक्षेपण एङ्कर प्यानासोनिकको लागि महत्वपूर्ण क्षण हो किनभने हामीले गुणस्तर, डिजाइन र प्रविधिको संयोजन गर्ने उत्कृष्ट समाधानहरू प्रदान गर्नमा ध्यान केन्द्रित गर्न जारी राखेका छौँ । जिभा सँग, हामी बजारमा एक नयाँ बेन्चमार्क सेट गर्नको लागि, नेपालका खुद्रा बिक्रेताहरू र उपभोक्ताहरूसँग हाम्रो सम्बन्ध सुदृढ गर्ने लक्ष्य राख्छौँ ।”

कार्यक्रम एक आकर्षक उत्पादन शोकेस र नेटवर्किङ्ग सत्रसँगै समापन गरिएकाे थियाे । जसमा उपस्थितिहरू माझ एक सिर्जना, एङ्कर प्यानासोनिकको जिभा लञ्चले नेपालमा विद्युतीय परिदृश्यलाई रूपान्तरण गर्न थप तत्पर रहेकाे छ । यस क्षेत्रमा गुणस्तर र कार्य सम्पादनको लागि बेन्चमार्क पनि यथाशीघ्र रूपमा तयारी गरिँदैछ ।


प्रतिक्रिया

ताजा खबर

More

रास्वपा सभापति लामिछानेसँग ६ घण्टा बयान अर्काेतर्फ पूर्वमन्त्री अधिकारीमाथि मुद्दा नचलाउने निर्णय

काठमाडाैं, मंसिर १४ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी.....