नेपाल मर्चेन्ट बैंकर्सका पदाधिकारीहरू र नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षबीच भेटवार्ता

प्रकाशित मिति: १४ मंसिर २०८१, शुक्रबार ११:०७


काठमाडौं, मंसिर १४ ।
नेपाल मर्चेन्ट बैंकर्स संघको कार्यसमिति पदाधिकारीहरू र नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठबीच भेटवार्ता सम्पन्न भएको छ ।

ललितपुर खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा आयोजना गरिएको उक्त भेटघाट कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजय लाल श्रेष्ठ, उपाध्यक्ष मनिष नारायण जोशी, महासचिव निर्मल भट्टराई, कोषाध्यक्ष शिभान्त राज पाण्डे, सदस्यहरू सन्दिप कार्की एवं पुष्प शर्माको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझीलगायतका कार्य समिति सदस्यहरूले समग्र पूँजी बजारलाई स्वच्छ, पारदर्शी, भरपर्दो र विश्वासिलो बनाउन, लगानीकर्ताको हक हित संरक्षण गर्न तथा समग्र धितोपत्र बजारलाई समय सापेक्ष विकास र विस्तार गर्न आधुनिक प्रविधि मैत्री बनाई नियमन तथा सु-परिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गरेका थिए ।

साथै, नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले समग्र पूँजी बजारलाई स्वच्छ, पारदर्शी तथा समय सापेक्ष आधुनिक प्रविधि मैत्री बनाई नियमन तथा सु-परिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

रास्वपा सभापति लामिछानेसँग ६ घण्टा बयान अर्काेतर्फ पूर्वमन्त्री अधिकारीमाथि मुद्दा नचलाउने निर्णय

काठमाडाैं, मंसिर १४ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी.....