रिलायन्स फाइनान्स र लुम्बिनी लायन्सबीच एनपीएल प्रायोजन सम्झौता

प्रकाशित मिति: १४ मंसिर २०८१, शुक्रबार १७:५७


काठमाडौं, मंसिर १४ ।
नेपालका प्रमुख वित्तीय संस्थाहरूमध्ये एक रिलायन्स फाइनान्स लिमिटेडले आगामी नेपाल प्रिमियर लिग (एनपीएल)को लुम्बिनी लायन्स फ्रेन्चाइजसँग प्रायोजक सम्झौता गरेको छ ।

रिलायन्स फाइनान्सले लुम्बिनी लायन्ससँग आधिकारीक वित्तीय साझेदारको रूपमा सहभागिता जनाउने छ । सम्झौता पत्रमा रिलायन्स फाइनान्सका सीईओ समाज प्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राज जङ्ग थापाको उपस्थितिमा संयुक्त रूपमा हस्ताक्षर गरिएको छ । (यस साझेदारीले रिलायन्स फाइनान्सको नेपाली खेलकुदको विकास र वृद्धिमा योगदान दिने बचनबद्धतालाई ऊजागर गर्दछ ।) रिलायन्स फाइनान्सका सीईओ समाज प्रकाश श्रेष्ठले स्पष्ट पारेका छन् । लुम्बिनी लायन्स फ्रेन्चाइज, जसको नेतृत्व नेपाल राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गर्ने भएका छन् । अनुभवि र प्रतिभाशाली अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलाडीहरूको समूहलाई समेटेको छ ।

फ्रेन्चाइजको सबै्रभन्दा ठूलो विदेशी खेलाडी आईपीएल २०१६ को फाइनलका स्टार बेन कटिङ्ग हुन्, जसले विराट कोहलीको आरसीबीलाई पराजित गरेका थिए । यसका साथै भारतका यू-१९ विश्वकप बिजेता कप्तान उन्मुक्त चन्द, इङ्गल्याण्डका उदाउँदो स्टार टम मुर्स, क्यानाडाका कप्तान साद बिन जफर र बेस्ट इण्डिजका रामोन सिम्मन्ड्स फ्रेन्चाइजका प्रमुख विदेशी खेलाडीहरू हुन् । फ्रेन्चाइजका राष्ट्रिय खेलाडीहरूमा विवेक यादव, सन्दीप जोरा र सूर्या तामाङ रहेका छन् ।

नेपाल प्रिमियर लिगमा आठ वटा फ्रेन्चाइज भाग लिने छन् र, प्रतियोगिता ३० नोभेम्बर २०२४ अर्थात वि.सं. २०८१ साल मंसिर १५ गते शनिबारदेखि सुरु हुने भएको छ । लुम्बिनी लायन्सले ४ डिसम्बर २०२४ मा विराटनगर किङ्ससँग आफ्नो पहिलो खेल खेल्ने तालिका रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

रास्वपा सभापति लामिछानेसँग ६ घण्टा बयान अर्काेतर्फ पूर्वमन्त्री अधिकारीमाथि मुद्दा नचलाउने निर्णय

काठमाडाैं, मंसिर १४ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी.....