कांग्रेसले उम्मेदवारको टुङ्गो नलगाएपनि दाङ्गमा चुनावी रौनक बढ्दै

प्रकाशित मिति: २६ जेष्ठ २०७४, शुक्रबार १७:०४


दाङ, जेठ २६ ।
दोश्रो चरणको स्थानीय तहको निर्वाचनको समय नजिकै गर्दा दाङमा रहेका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तहमा चुनावी रौनकता बढ्दै गएको छ ।

प्रमुख दलहरूले मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न कार्यक्रम गर्दै आएका छन् । दाङको तुलसीपुर, घोराही, लमही र गाउँपालिकामा आ–आफ्नो पक्षमा मत माग्न दलहरू मतदाता घरदैलो तथा भेटघाट कार्यक्रमलाई तिव्र पारिएका छन् ।

उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख एंम उप–प्रमुख पदमा उम्मेदवारको टुङ्गो नलगाएपनि नेपाली कांग्रेसले प्रचार–प्रसार अभियानलाई तिव्र पारिएको छ ।

नेकपा (एमाले)ले घोराही उपमहानगरपालिकाका प्रमुखमा नरुलाल चौधरी र उप–प्रमुखमा सीता न्यौपाने तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुखमा घनश्याम पाण्डे र उप–प्रमुखमा माया आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले घोराही उपमहानगरपालिकाको प्रमुखमा जीवन गौतम र उप–प्रमुखमा सीता चौधरी तथा तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा शेसुराम भण्डारी र उप–प्रमुखमा सीता ओलीलाई उम्मेदवार बनाएको छ ।

उम्मेदवारको टुङ्गो लगाए, नलगाए पनि प्रमुख दलहरूले अहिले गाउँ–गाउँमा चुनावी सभाको आयोजना गर्दै घरदैलो कार्यक्रममा व्यस्त भएको देखिन्छ ।

लामो समयसम्म हुन नसकेको स्थानीय तहको चुनाव हुन लागेकोमा सर्वसाधारण जनता उत्साहित भएका छन् । विभिन्न दलका चुनावी गीतले बजार गुञ्जिरहेका छन् भने प्रत्येक राजनीतिक दलका घरघरमा पार्टीका झन्डा फराइरहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....