भरतपुरमा अहिलेसम्म मतदान हुने नहुने बारे निर्णय नहुँदै फरक शैलीमा चुनाव प्रचार

प्रकाशित मिति: २६ जेष्ठ २०७४, शुक्रबार १७:२९


चितवन, जेठ २६ ।
भरतपुर महानगरपालिका–१९ वडामा पुनःनिर्वाचन नगर्न/नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै त्यहाँका राजनीतिक दलहरूले फरक/फरक शैलीमा निर्वाचनको प्रचार–प्रसारमा जुटेका छन् ।

निर्वाचन आयोगले मतपत्र च्यातिएकाले पुनः मतदान गर्ने निर्णय गरेसँगै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले तत्कालका लागि पुनः निर्वाचन प्रक्रिया अघि नबढाउन आदेश दिएका थिए । आदेश जारी भएपनि नेपाली कांग्रेस र माओवादी केन्द्र पुनः मतदान हुने भन्दै घरदैलो अभियान कार्यक्रम र चुनावी सभामा लागेका छन् । नेकपा एमालेले भने मतपत्र च्यात्ने विरुद्धमा जनचेतना अभियान भन्दै घरदैलो कार्यक्रको थालनी गरिरहेको छ ।

सो वडाका चार स्थानमा कांग्रेस र माओवादीले संयुक्त सम्पर्क कार्यालय स्थापना गरी प्रचारप्रसारमा जुटेका छन् । सो वडाका माओवादीका वडाध्यक्ष र सदस्य पदका उम्मेदवारले नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्न थालेका छन् ।

ती दुई पार्टीले प्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार दाहाल र अन्य पदमा कांग्रेसका उम्मेदवारलाई सघाउने सहमति गरी निर्वाचनमा जुटेका हुन् । एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले पत्र बनाएर मतदाताको घर÷घरमै पुगेर धन्यवाद ज्ञापन गर्दै मतपत्र च्यात्नेका बारेमा मतदातालाई जानकारी गराउने काम भइरहेको बताएका एका छन् ।

उनले भने ‘हामी मतगणना हुन्छ भन्नेमानै छौँ, मतदातालाई तपाईको मतपत्र च्यात्ने यो हो भनेर बुझाउने काम भइरहेको छ ।’

‘आफूले दिएको मत कस्ले च्यात्यो’ त्यो जान्ने अधिकार जनतालाई भएकाले मतपत्र च्यात्ने विरुद्धको जनचेतनामूलक अभियान मात्रै गरिएको उनले बताए । एमाले कार्यकर्ताले मतपत्र माओवादीले च्यातेकाले फेरि चुनाव भएमा उनीहरूलाई मत दिन नहुने सन्देश मतदाताहरूलाई पु¥याएको पाइएको छ ।

तिनै दल निर्वाचन भएमा आ–आफ्नो पक्षमा मतदान गर्न प्रचारमा जुटेका हुन् । गएको जेठ १४ गते राति मतगणनास्थलमा गणना हँुदै गर्दा ९० वटा मतपत्र उम्मेदवारका प्रतिनिधिले च्यातेसँगै मतगणना स्थगित भएको थियो । भरतपुर महानगरमा २९ वटा वडा छन् ।

दुई वडाको मतगणना गर्न बाँकी रहँदा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहाल भन्दा ७८४ मतले अगाडि रहेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....