आँखामा टाटु खोपाउँदा आँखै फाल्नुपरेपछि यी मोडल तनावमा

प्रकाशित मिति: २४ मंसिर २०७४, आईतवार १३:१४


एजेन्सी, मंसिर २४ ।
क्यानडाको ओट्टावाकी एक मोडलले आँखामै टाटु खोपाएर चर्चित बन्ने प्रयास गर्दा आँखै फाल्नुपर्ने अवस्था आएको छ । क्याट ग्यालिंगर नामकी यी मोडलले आँखाको नानीबाहिरको भाग स्क्लेरामा टाटु खोपाउँदा यस्तो अवस्था आएको हो ।

स्क्लेरा टाटु भन्नाले आँखाको नानीबाहेकको सेतो भागमा रंग खोपाउने भन्ने बुझिन्छ । क्याटको आँखामा टाटु खोपाउने क्रममा तरिका गलत हुँदो भयावह स्थिति आएको हो । टाटु खोपाएपछि उनको दृष्टि नै धमिलो र नदेखिने भएको छ ।

उनको आँखाबाट प्याजी मसी चुहिएको छ भने स्थायी रुपले नै दृष्टि गुम्नपुगेको छ । उनले आफ्नो फेसबुकमा तस्बिरहरू समेत पोष्ट गरेकी छिन् ।

टाटुले आँखाको दृष्टि नै बर्बाद पारेका कारण अब उनी आँखा नै फाल्न लागिपरेको बुझिएको छ । सोही कारण उनको मानसिक स्वास्थ्य समेत खलबलिन पुगेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

ललितपुरमा भएकाे सवारी दुर्घटनामा परी दुई युवाकाे मृत्यु

काठमाडाैं, जेठ १९ । ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुई जना युवाकाे.....

पेट्राेलियम पदार्थकाे मूल्य पुनः घट्याे

काठमाडाैं, जेठ १८ । नेपाल आयल नियमले.....

वैज्ञानिक अन्न भण्डारण गृहप्रति सर्वसाधारणको चासो बढ्दो

काठमाडौं, जेठ १८ । आधुनिक र वैज्ञानिक.....

रुसका राष्ट्रपति पुटिनकाे घरमा रहस्यमय रूपमा आगलागी

एजेन्सी, जेठ १८ । रुसका राष्ट्रपति.....