नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिएकै हो त ?

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहीबार १६:५४


– कविता शाही
अहिले विश्वव्यापी महामारीको रूपमा फैलिँदै गइरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण संसारभर नै त्राहिमाम मच्चिएको छ । यो हुनु पनि स्वाभाविक नै हो, किनकि सोही रोगकै कारण हजारौँले ज्यान गुमाई सकेका छन् । तर, नेपालमा भने अहिलेसम्म कोभिड–१९ को संक्रमण नभेटिएको दाबी गर्दै आएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिएको आशंका गरिए पनि अहिलेसम्म कसैमा पनि कोरोना भाइरसको संक्रमण फेला परेको छ । तर, पनि नेपाल यस संक्रमणबाट अछुटो नै छ भन्ने यकिनका साथ भन्न अहिलेसम्म पनि मुश्किल अवस्था नै रहेको छ ।

बिहीबारबाट सुरु हुने भनिएको एसईईको परीक्षा एकाएक करिब १२ घण्टा अगाडि आएर मात्र स्थगित भएको सूचना मिडियामा छाएपछि केहीँ न केहीँ संकेत भने गरेकै छ । यदि साँच्चिकै नेपालमा कोरोना भाइरसको संक्रमण अहिलेसम्म ‘नेगेटिभ’ नै भेटिएको हो भने १० वर्षको मेहिनत र लगनशीलतापछि बल्ल विद्यालयस्तरको अन्तिम परीक्षा यसरी अनिश्चितकालका लागि स्थगित गर्नुमा कुनै न कुनै बाध्यात्मक अवस्था श्रृजना भएको हुनु पर्छ । होइन भने यत्तिका समय धैर्यताका साथ चुप लागेर बसेको सरकारले अन्तिम समयमा आएर मात्र हप्ता १० दिनका लागि हुने परीक्षा यसरी बीचमा आएर स्थगित गर्नुपर्ने बाध्यात्मक परिस्थिति आउँदैन थियो कि ? तर, सरकारले बुधबार दिउँसो एकाएक एसईई परीक्षा स्थगित भनेर हट न्यूज मिडियाहरूमा छाउन लगाएपछि कसैले पनि यसलाई पत्याउन सकिएन । विद्यार्थी र अभिभावकहरू सपना हो कि विपना हो भनेर अलमलमा पर्न बाध्य भए ।

तर, प्राय विद्यार्थी र अभिभावकहरूको मनोकांक्षा भनेको अन्तिम समयमा आएर यसरी स्थगित गर्नु नै छ भने कम्तीमा पनि दुई दिन अगाडि स्थगित गर्नु पथ्र्यो या त एसईईको परीक्षा सकेपछि केहीँ सूचना जारी गर्नु उपर्युक्त हुन्थ्यो कि भन्ने लाग्थ्यो । तर, दुबै चीज भएन एकाएक भूकम्प आए जस्तै सूचना बाहिरीएपछि सबै अलमलमा पर्न बाध्य हुन पुग्यो ।

जसले गर्दा नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिएकै हो कि ? भनेर सोच्न बाध्यात्मक अवस्था पनि श्रृजना गर्यो । यदि त्यसो होइन भने, सरकारले यसरी किन हतासमा निर्णय लियो त ? अब आमजनमानसले सोच्न थालेका छन् कि, नेपालमा पनि कोरोना भाइरसको संक्रमण भित्रिएकै हुनु पर्छ । तर, पनि सरकारले यसलाई प्रचार मात्र नगरेको हुनुपर्छ ताकि, जनता डर र त्रासका कारण अर्को ठूलो ननिम्त्याओस्, मानिसहरू थप आतङ्कित नहोस् भन्ने ध्येय रहेको अनुमान गरिसकेका छन् । जसका कारण अहिले व्यापारिक स्थलहरू, होटलहरू, पसलहरू विस्तारै सुनसान हुँदै गइरहेको छ । सातै प्रदेशका जनता त्रसितले काठमाडौं उपत्यका छाडेर आफ्नो जन्मभूमिमा जान बसपार्कहरूमा तँछाड मछाड भएका छन् । तर, यसको के ग्यारेन्टी छ कि बसमा कोचाकोच गरेर काठमाडौं छाडेर आफ्नो गाउँ घरतिर हिँडेका मान्छेहरूमा संक्रमण छँदै छैन ? अर्कोतर्फ, सरकार एउटा कुरामा भने पक्कै पनि चुकेकै हो, अहिले हजारौँको संख्यामा काठमाडौं उपत्यका छोडेर आफ्नो घर जान तम्सिएका व्यक्तिहरू सुरक्षित छ वा छैन भनेर बाहिर जाने बसहरूमा कुनै स्वास्थ्य जाँचको व्यवस्था गरिएको देखिएन । यदि सरकारले केहीँ स्वास्थ्य स्वयम् सेविकाहरू परिचालन गरेर एक–एक यात्रुको गाडीमा चढ्नुभन्दा अगाडि एकपटक जाँच गरेको भए घर जाने मान्छेहरू पनि आनन्दका साथ आफ्नो घर जाँदा खुसी भएर जान सकिन्थ्यो । तर, त्यो व्यवस्था हुन नसकेपछि घर जाने यात्रुहरू पनि मनमा के कुरा खेलाएर घर जान बाध्य भएका छन् होला ? एकपटक सोच्नुपर्ने बाध्यता उत्पन्न भएको छ । अहिले आफ्नो घर गएका मानिसहरू कति को सुरक्षित छन् त ? घर परिवारमा यसले के त्रास उत्पन्न गर्छ होला त ? कि त गाउँघरमा गएकाहरूलाई पनि कम्तीमा पनि १४ दिन क्वारेन्टाइन पो राख्ने हो कि ?

त्यसकारण नेपालमा पनि कोरोना भाइरसको संक्रमण भित्रिएकै हो कि भन्ने मानिसहरूले शंकै शंका गर्दै आएका छन् । जसका कारण मानिसहरू घर बाहिर जाउँ कि नजाउँ, मन्दिर घुम्न जाउँ कि नजाउँ यी अनाहक प्रश्नहरू उब्जाउँदै बसेका छन् भने अर्कोतर्फ घरका कोही सदस्यलाई सामान्य ज्वरोको लक्षण मात्र देख्दासमेत पनि तर्सिएर पसिना पसिना भएका छन्, यो कतै कोरोना भाइरसको संकेत त होइन ? त्यसैले सरकार अब बैठक बसेर छलफल गर्ने र कार्ययोजना मात्र बनाउनेतर्फ होइन, युद्धभूमिमा सम्बन्धित व्यक्तिहरू पठाएर आवश्यक निर्देशन जारी गर्दै आफ्नो कार्यलाई अगाडि बढाई देशमा आइपर्ने ठूलो विपत्तिबाट जोगाउन कदम चाल्ने पो हो कि ?


प्रतिक्रिया

ताजा खबर

More

गृहमन्त्री लामिछानेकाे राजीनामा माग गर्दै तरुण दलद्वारा मसाल जुलुस प्रदर्शन

काठमाडाैं, जेठ ७ । प्रतिनिधि सभाकाे प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले.....

गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई पक्राउ

काठमाडाैं, जेठ ७ । गुण्डागर्दी गरेको.....

मिनी बस दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडाैं, जेठ ७ । सुर्खेतमा मिनी बस.....