ब्राजिलमा काेराना भयाभह बन्दै, २४ घण्टामा ५२ हजार ३ सय ८३ जना संक्रमित

प्रकाशित मिति: १७ श्रावण २०७७, शनिबार १३:४६


एजेन्सी, श्रावण १७ ।
ब्राजिलमा पछिल्लो २४ घण्टामा ५२ हजारभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ब्राजिलमा २४ घण्टा यता मात्र करिब ५२ हजार ३ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

योसँगै त्यहाँ सङ्क्रमितको संख्या कम्तीमा पनि २६ लाख पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अधिकारीहरूले जनाएअनुसार यहाँ सङ्क्रमितको पछिल्लो संख्या २६ लाख ६६ हजारभन्दा बढी पुगेको छ । गएको २४ घण्टामा यहाँ १ हजार २ सय १२ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । शुक्रबार दिइएको जानकारीअनुसार यहाँका ९२ हजारभन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

यहाँका ९२ हजार ५ सय ६८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका बताइएको छ । तर, यहाँ पछिल्लो समयमा सङ्क्रमितको संख्यामा भने केही कमी आएको छ । गत बिहीबारको परीक्षणको तुलनामा यहाँ संक्रमित घटेका हुन् । बिहीबार यहाँ ६९ हजारभन्दा बढी सङ्क्रमित देखिएकोमा शुक्रबार यो संख्यामा कमी आएको हो । ब्राजिल अमेरिकापछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो ।

यहाँ अझै ठूलो संख्यामा नागरिक सङ्क्रमित भएको आशंका गरिएको छ । तर, पनि परीक्षणको संख्या बढाउनुपर्ने उनीहरूको भनाई छ । यसै कारणले पनि यहाँ ठूलो संख्यामा संख्यामा फैलिएको बताउने गरिएको छ । ब्राजिलमा दैनिक ५० हजारभन्दा बढी मानिस सङ्क्रमित हुने गरेका छन् । यहाँको स्वास्थ्य मन्त्रालयलकाअनुसार यहाँका १८ लाखभन्दा बढी मानिस भने निको भएर घर फर्किएका बताइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडाैं, जेठ ८ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियालाई पक्राउ गर्न.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....