गरिमा विकास बैंककाे विभिन्न कार्यक्रमसहित Global Money Week 2024 भव्य रूपमा सम्पन्न

प्रकाशित मिति: १८ चैत्र २०८०, आईतवार १८:३४


काठमाडाैं, चैत्र १८ ।
बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै ज्ञान, शीप र मनोवृत्तिको विकास गर्ने मूल उद्देश्यका साथ सन् २०१२ देखि विश्वभर मनाउने गरिएको Global Money Week को १२ औँ श्रृंखला Global Money Week 2024 नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गकाे इजाजत पत्र प्राप्त राष्ट्रियस्तरकाे विकास बैंक गरिमा विकास बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरूकाे आयाेजना गरी भव्य रूपमा सम्पन्न गरेकाे छ ।

“Protect Your Money, Secure our Future” भन्ने मूल नाराका साथ विश्वव्यापी रूपमा सन् २०२४ मार्च १८ देखि २४ सम्म मनाइएको यस कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडले देशका ७ वटै प्रदेशहरूमा रहेका विभिन्न स्कूल, कलेज, शैक्षिक संघ-संस्थाहरूसँगको समन्वयमा विभिन्न तहका विद्यार्थीहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता, वित्तीय अन्तरक्रिया, शैक्षिक सामाग्री वितरण, वित्तीय चेतना प्रभात फेरीलगायतका १८ वटा कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ ।

गरिमा विकास बैंकले काठमाडाैं उपत्यकाको हात्तीगौँडा, नयाँ बानेश्वर, झापाको बुधबारे, सर्लाहीको लालबन्दी, तनहुँको दमौली, गोरखाको गोरखा बजार, नवलपरासीको सुनवल, स्याङ्जाको चापाकोट, कञ्चनपुरको महेन्द्रनगरमा वित्तीय साक्षरता, मोरङ्गको विराटचोक, धनुषाको जनकपुर, मकवानपुरको हेटौँडा, कैलालीको धनगढी र लम्कीमा विद्यार्थीहरूलाई शाखा कार्यालयको अवलोकन भ्रमण गराउनुका साथै बाराको सिमरा, सुर्खेतको वीरेन्द्रनगर, काभ्रेपलाञ्चोकको बनेपा र कपिलवस्तुको चन्द्रौटामा विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण कार्य सम्पन्न गरेको छ ।

उल्लेखित कार्यक्रमहरूबाट देशभरका १३ सयभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । यस गरिमा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समय-समयमा विभिन्न सामाजिक उत्तरदायित्वमुखी कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।

काठमाडाैंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडाैं उपत्यकाभित्र २२ वटा शाखासहित देशभर १ सय २३ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउण्टर र ५१ वटा एटीममार्फत् ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

गृहमन्त्री लामिछानेकाे राजीनामा माग गर्दै तरुण दलद्वारा मसाल जुलुस प्रदर्शन

काठमाडाैं, जेठ ७ । प्रतिनिधि सभाकाे प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले.....

गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई पक्राउ

काठमाडाैं, जेठ ७ । गुण्डागर्दी गरेको.....

मिनी बस दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडाैं, जेठ ७ । सुर्खेतमा मिनी बस.....