गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एशाेसिएशन अफ नेपाल गण्डकीबीच व्यावसायिक सम्झौता

प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार १६:२९


काठमाडाैं, बैशाख ७ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गकाे इजाजत पत्र प्राप्त राष्ट्रियस्तरकाे विकास बैंक गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एशाेसिएशन अफ नेपाल (टान) गण्डकीबीच सदस्य संस्थाहरूलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियतसहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।

साे सम्झौतापश्चात् टानका सदस्यहरूलाई गरिमा विकास बैंक लिमिटेडले अधिकतम रु. ५० लाखसम्म गरिमा सरल एसएमई आवधिक र ओभर ड्राफ्ट कर्जा नियमानुसार सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ र साथै रु. ५ लाखसम्मको बैंक ग्यारेन्टी मात्र १०% को नगद मार्जिनमा उपलब्ध गराउनेछ । यी सेवाहरूले गर्दा टान सदस्यहरूलाई व्यापार व्यावसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ । इच्छुक सदस्यहरूले आफूलाई पायक पर्ने गरिमा विकास बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिन सकिनेछ । साथै, यस सम्झौतापश्चात् टानले गरिमा विकास बैंकलाई बैंकिङ्ग पार्टनरको रूपमा अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । यसअघि बैंकले टानको केन्द्रीय संगठन सँग काठमाडाैंमा यसै किसिमको सम्झौता गरिसकेको छ ।

काठमाडाैंको लाजिम्पाटमा आफ्नाे केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडाैं उपत्यकाभित्र २२ सहित देशभर १ सय २३ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत् ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडाैं, जेठ ८ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियालाई पक्राउ गर्न.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....