कामपाकाे नागढुङ्गाबाट लापसे गरी सवारी चलाउने पाँच जना पक्राउ

प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार २०:१०


काठमाडाैं, बैशाख ७ ।
काठमाडाैं महानगरपालिकाकाे नागढुङ्गाबाट लागू पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका पाँच जना चालकलाई आज शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

कर्णाली प्रदेश ०२-००१ ख ०४ ४४ नम्बरका बस चालक सुर्खेतको भेरीगंगा नगरपालिका-९ का ३० वर्षीय अविरल प्रेम वि.क, वागमती प्रदेश ०१-००६ ख ६३ ४९ नम्बरका माइक्रो चालक तनहुँको आँबुखैरेनी नगरपालिका-६ का २२ वर्षीय इन्द्रबहादुर गुरुङ, बा. ३ ख ८१ ६३ नम्बरका माइक्रो चालक चितवनको भरतपुर महानगरपालिका-८ का ३३ वर्षीय ध्रुव बस्याल, बा. २ ख ३९१ नम्बरका माइक्रो चालक धादिङको गंगा जमुना गाउँपालिका-६ का २४ वर्षीय रमेश वि.क. र वागमती प्रदेश ०१-०२९ च २८ १३ नम्बरका माइक्रो चालक तनहुँको म्याग्दे गाउँपालिका-१ का २२ वर्षीय सलन सुनारलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागू औषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले चेक जाँच गर्दा लागू पदार्थ सेवन गरी सवारी साधन चलाई रहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा पठाइएको छ ।

यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागू पदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्‍ठले बताएका छन् ।

यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवनसमेत जोखिममा पर्ने भएकाले आफू सवार सवारी साधनका चालकले लागू पदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गरिदिनसमेत प्रहरीले अनुरोध गरेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

गृहमन्त्री लामिछानेकाे राजीनामा माग गर्दै तरुण दलद्वारा मसाल जुलुस प्रदर्शन

काठमाडाैं, जेठ ७ । प्रतिनिधि सभाकाे प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले.....

गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई पक्राउ

काठमाडाैं, जेठ ७ । गुण्डागर्दी गरेको.....

मिनी बस दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडाैं, जेठ ७ । सुर्खेतमा मिनी बस.....