काठमाडाैं उपत्यकासहित देशका विभिन्न स्थानमा हावाहुरी, सचेत रहन अनुराेध

प्रकाशित मिति: ८ बैशाख २०८१, शनिबार १४:१०


काठमाडाैं, बैशाख ८ ।
काठमाडाैं उपत्यकासहित देशका विभिन्न स्थानमा आज शनिबार हावाहुरी चलिरहेकाेले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आम नागरिकमा आग्रह गरेकाे छ । महाशाखाकाअनुसार मध्यान्ह १२ बजेदेखि कोशी, वागमती र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा हावाहुरी चलिरहेको छ ।

महाशाखाले भनेको छ, ‘गणितीय मौसम पूर्वानुमानअनुसार शनिबार दिउँसो देशका तराईका केही भू-भागमा २४ मिटर प्रति सेकेण्डसम्मको हावाहुरी चल्ने सम्भावना रहेकाे छ ।’

महाशहाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

जसमा भनिएको छ, ‘वागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान र बाँकी प्रदेशको थोरै स्थानमा हावाहुरीको प्रबल सम्भावना रहेकाे छ । साथै कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको पनि सम्भावना देखिएकाे छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा वर्षा/हिमपातको सम्भावना समेत रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले केही बेरअघि काठमाडाैं उपत्यकामा पनि ठूलै हावाहुरी चलेको जानकारी दिएका छन् ।

शनिबार दिउँसो उनले भने, ‘काठमाडाैंकाे एयरपोर्ट क्षेत्रमा दिउँसाे १५ मिटर प्रति सेकेण्डकाे गतिले हावाहुरी चलेको थियो याे भनेको ठूलै हो, उनले भने, अहिले भने प्रति सेकेणड ८ मिटर प्रति सेकेण्डको हावाहुरी चलिरहेको छ, तर फेरि बढ्ने सम्भावना पनि छ ।’

यस्तै, शनिबार दिउँसो रूपन्देहीको भैरहवामा १५ मिटर प्रति सेकेण्डकाे हावाहुरी चलेको जानकारी दिएका छन् । ‘आज दिउँसो लुम्बिनी प्रदेशका पनि धेरै स्थानमा हावाहुरी चलेको छ’, उनले भने ।

विशेषगरी, पश्चिमी तराई र पूर्वी तराईमा हावाहुरीको सम्भावना बढी रहे तापनि कोशी प्रदेशको पहाडी क्षेत्रमा पनि शनिबार हावाहुरी चलेको उनले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यून चापीय.....

गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई पक्राउ

काठमाडाैं, जेठ ७ । गुण्डागर्दी गरेको.....