नग्न भिडियाे बनाएर ब्ल्याकमेलिङ गरेकाे अभियाेगमा कामपा बुढानीलकण्ठ बस्ने ३६ वर्षीय पुरुष पक्राउ

प्रकाशित मिति: १० बैशाख २०८१, सोमबार १८:२७


काठमाडाैं, बैशाख १० ।
रोजगारीका लागि अनलाइनबाटै मेडिकल जाँच भनेर नग्न भिडियाे बनाएर ब्ल्याकमेलिङ गरेको अभियाेगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका-८ घर भएका र हाल काठमाडौं महानगरपालिका बुढानीलकण्ठ बस्ने ३६ वर्षीय कमलप्रसाद अधिकारी रहेका छन् । उनलाई केन्द्रीय साइबर ब्यूरोको टोलीले गत शनिबार पक्राउ गरेको हो ।

पाथीभरा माता नाम गरेको फेक फेसबुक आईडी बनाएर रोजगारीका विभिन्न प्रस्तावहरूसमेत प्रचार गरी अनलाइनबाटै फिजिकल फिटनेस जाँच्ने भन्दै नग्न भिडियाे बनाएर ब्ल्याकमेलिङ गरेको आरोप अधिकारीमाथि रहेकाे छ ।

पक्राउ परेका अधिकारीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहिया कार्यालय कक्षबाटै पक्राउ, हाल धनुषामा

काठमाडाैं, जेठ ८ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिराेहियालाई प्रहरी पक्राउ.....

लागू औषध मुद्दामा कारागारमा रहेका कैदीको मृत्यु

काठमाडाैं, जेठ ८ । मोरङ कारागारमा.....

चीनकाे एक काेइला खानीमा विष्फाेट, पाँच जनाकाे मृत्यु

एजेन्सी, जेठ ८ । उत्तरपूर्वी चीनको.....