चीनकाे एक काेइला खानीमा विष्फाेट, पाँच जनाकाे मृत्यु
एजेन्सी, जेठ ८ ।
उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तस्थित एक कोइला खानीमा दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको उक्त कोइला खानी कम्पनी श्राेतले जनाएको छ ।
कम्पनी श्राेतकाअनुसार हेइलोङगजियाङ लङमे समूहअन्तर्गतको हेगाङ खानी कम्पनीको जिङआन कोइला खानीमा सोमबार राति दुर्घटना भएको थियो ।
सो दुर्घटना हुने क्रममा नौ जना फसेको र उनीहरूमध्ये चार जनालाई उद्धार गरिएको श्राेतले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानले तरल कार्बनडाइ अक्साइडको चुहावटको कारणले दुर्घटना भएको देखाएको छ । दुर्घटनाको कारण तथा यथेष्ट विवरणका बारेमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया