नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार १३:३०


काठमाडाैं, बैशाख १२ ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूलाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०८० असोज र कार्तिक महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यावसाय गरी लक्ष्य पूरा गर्न सफल २०० जनाभन्दा बढी वरिष्ठ अभिकर्ताहरूलाई नेपालको पर्यटकीय क्षेत्र मुस्ताङको मनोरम दृश्यहरू अवलोकन गराउने र त्यहाँ अवस्थित नेपालको मुख्य तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गराउने उद्देश्यले भ्रमण कार्यक्रम आयोजना गरिएको हो ।

कम्पनीका एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले भ्रमण कार्यक्रमबाट देशको आन्तरिक पर्यटन प्रबर्द्धन हुनुका साथै विभिन्न क्षेत्रमा कार्यरत अभिकर्ताहरूबीच एक आपसमा अन्तर्क्रिया भई अभिकर्ता समूहको दक्षता अभिवृद्धिमा प्रत्यक्ष लाभ पुग्न जाने भएकोले कम्पनीले यस प्रकारको योजना ल्याएको र अभिकर्ताहरूको उत्साहजनक उपस्थितिले योजना अत्यन्तै सफल भएको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

थलीमा मृत फेला परेका पुरुषका छाेरा फर्पिङमा घाइते अवस्थामा फेला

काठमाडाैं, जेठ ८ । कागेश्वरी मनोहरा नगरपालिका-५, थलीमा आज मंगलबार बिहान मृत फेला परेका पुरुषका.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....