क्रेस्ट माइक्राे लाईफ इन्स्याेरेन्सकाे सञ्चालक समितिकाे अध्यक्षमा ऋषिराज सर्वसम्मत चयन

प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार १७:५७


काठमाडाैं, बैशाख १२ ।
क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक समूहको तर्फबाट निर्विरोध रूपमा निर्वाचित ऋषिराज मोरलाई यही चैत्र गतेका दिन सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।

अध्यक्ष पदमा चयनपश्चात् कम्पनीका अध्यक्ष ऋषिराज मोरले आज बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका पदाधिकारीहरूलगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी.को समेत उपस्थित रहेकाे थियाे ।

शपथ ग्रहणपश्चात् सिलवालले माेरलाई सफल कार्यकालकाे शुभकामनासमेत दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

गृहमन्त्री लामिछानेकाे राजीनामा माग गर्दै तरुण दलद्वारा मसाल जुलुस प्रदर्शन

काठमाडाैं, जेठ ७ । प्रतिनिधि सभाकाे प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले.....

गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई पक्राउ

काठमाडाैं, जेठ ७ । गुण्डागर्दी गरेको.....

मिनी बस दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडाैं, जेठ ७ । सुर्खेतमा मिनी बस.....