मकैबारीभित्र २० वर्षीय युवाकाे शव फेला

प्रकाशित मिति: १५ बैशाख २०८१, शनिबार १९:४५


काठमाडाैं, बैशाख १५ ।
ब्रह्मपुरी गाउँपालिका-२ धर्मपुरमा आज शनिबार बिहान एक युवा शव मकैबारीभित्र फेला परेकाे छ ।

स्थानीय सीताराम साहका छोरा २० वर्षीय अरविन्द साह गाउँकै रामचन्द्र साहको मकैबारीभित्र मृत अवस्थामा फेला परेका हुन् । प्रहरी श्राेतले घटना शंकास्पद रहेको जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख (एसपी) हरिहरनाथ योगी आफैँ घटनास्थलमा पुगेर फर्किएका छन् । मृतक अरविन्दको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

सर्लाही प्रहरीका डीएसपी दीपक श्रेष्ठले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताएका छन् । ‘घटना शंकास्पद छ, एसपी साप आफैँ घटनास्थलमा पुगेर फर्किनुभएको छ,’ श्रेष्ठले भने, ‘शव प्रादेशिक अस्पताल ल्याएर घटनाको सूक्ष्म अनुसन्धानमा लागेका छौँ ।’

एसपीसहित अन्य प्रहरी अधिकारी पनि घटनास्थलमा पुगेर घटनाको अनुसन्धानमा लागिसकेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहिया कार्यालय कक्षबाटै पक्राउ, हाल धनुषामा

काठमाडाैं, जेठ ८ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिराेहियालाई प्रहरी पक्राउ.....

लागू औषध मुद्दामा कारागारमा रहेका कैदीको मृत्यु

काठमाडाैं, जेठ ८ । मोरङ कारागारमा.....

चीनकाे एक काेइला खानीमा विष्फाेट, पाँच जनाकाे मृत्यु

एजेन्सी, जेठ ८ । उत्तरपूर्वी चीनको.....