राष्ट्रिय सभा सदस्य डा. शाक्यद्वारा शपथ ग्रहण

प्रकाशित मिति: १६ बैशाख २०८१, आईतवार १६:४५


काठमाडाैं, बैशाख १६ ।
राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथ ग्रहण गरेका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबाट आज आइतबार सिंहदरबारमा एक समारोहका बीच पूर्वराजदूतसमेत रहेकी उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् ।

डा. शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही बैशाख ६ गतेका दिन राष्ट्रिय सभाको सदस्य पदमा मनोनीत गरेका थिए ।

त्यसलगत्तै सांसद् शाक्यलाई सांसद्को लाेगो हस्तान्तरण गर्दै राष्ट्रिय सभाका अध्यक्ष दाहालले बधाईसमेत दिएका थिए । साेही अवसरमा राष्ट्रिय सभाका सांसद्हरू र संसद् सचिवालयका कर्मचारीहरूले पनि उनलाई बधाई दिएका थिए । शपथ ग्रहणलगत्तै सांसद् डा. शाक्यले देश र जनताको हितमा इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

उनले राष्ट्रिय सभाको गरिमा उचाईमा पुर्‍याउन पनि आफूले सक्दो पहल गर्ने बताएकी छन् ।

सांसद् डा. शाक्यले भनिन्, ‘अब मेरो भूमिका भनेको मैले खास काम गर्ने भनेको देश र जनताको लागि हो । त्यसैले मेरो भूमिका इमानदारिताका साथ बफादार रहेर देश र जनताको लागि मेरो आजदेखिको सम्पूर्ण काम समर्पित गर्न चाहन्छु । राष्ट्रिय सभाको गरिमालाई उचाईमा पुर्‍याउनका लागि जे जस्ता काम पनि मैले बफादार भएर इमानदारिताका साथ काम गर्नेछु ।’

एमाले विदेश विभाग सदस्य डा. शाक्यले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारीसमेत बहन गरेकी थिइन् ।


प्रतिक्रिया

ताजा खबर

More

थलीमा मृत फेला परेका पुरुषका छाेरा फर्पिङमा घाइते अवस्थामा फेला

काठमाडाैं, जेठ ८ । कागेश्वरी मनोहरा नगरपालिका-५, थलीमा आज मंगलबार बिहान मृत फेला परेका पुरुषका.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....