फेसबुकमार्फत् सम्पर्क गरी हवाई टिकट मिलाई दिने भन्दै ठग्ने कामपा तारकेश्वर बस्ने सुनिता पक्राउ

प्रकाशित मिति: १६ बैशाख २०८१, आईतवार १७:४९


काठमाडाैं, बैशाख १६ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् विभिन्न व्यक्तिहरूलाई सम्पर्क गरी हवाई टिकट मिलाई दिने भन्दै ठगी कार्यमा संलग्न रहँदै आएकी एक युवतीलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काठमाडाैं महानगरपालिकाको तारकेश्वर नगरपालिका वडा नं.-५ मा बस्दै आएकी सुनिता लामिछाने रहेकी छन् ।

लामिछानेलाई काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टीलीले पक्राउ गरेको हो । उनले फेसबुकमार्फत् विभिन्न व्यक्तिहरूलाई सम्पर्क गरी हवाई टिकट मिलाई दिने भनि ठगी गर्ने उजुरी परेपछि खोजतलासका क्रममा काठमाडाैंको गोकर्णेश्वरस्थित नमूना बस्तीबाट प्रहरीले पक्राउ गरेको हो ।

उनले बागबजारमा झोइन्ट भिजन ट्राभल्स एण्ड टुर्स सञ्चालन गर्दै आएको पनि अनुसन्धानमा खुलेको छ । उनलाई अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।

प्रहरीले दिएकाे जानकारीअनुसार उनले नक्कली हवाई टिकट बनाएको भन्दै हालसम्म ८ जनाले ठगीसम्बन्धी कसुरमा जाहेरीसमेत दिएका छन् । यस्तै उनको नाममा बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा तीन जनाले जाहेरीसमेत दिएको प्रहरी अनुसन्धानका क्रममा खुल्न आएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको थलीमा शंकास्पद अवस्थामा पुरुषको शव फेला

काठमाडाैं, जेठ ८ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका थलीमा आज मंगलबार बिहान एक पुरुष मृत.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....