फुपुकी छाेरीकाे हत्या गरी फरार अभियुक्त ९ वर्षपछि पक्राउ

प्रकाशित मिति: १६ बैशाख २०८१, आईतवार १८:३२


काठमाडाैं, बैशाख १६ ।
राति फोनमा ठूलो स्वरमा बोलेको भन्दै आफ्नै फुपुकी छोरीको हत्या गरेर फरार रहेका म्याग्दीका समरबहादुर सार्कीलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ । कीर्तिपुरस्थित कृषि कार्यालयमा जेटिए २३ वर्षीया सुनमाया किसान (सार्की)को हत्या गरी फरार समरलाई पक्राउ गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले आज आइतबार सार्वजनिक गरेको हो ।

कीर्तिपुर कृषि कार्यालयमा जेटिएको रूपमा कार्यरत रहेकी उनको कोठामा मामाका छोरा समरबहादुर सार्की वि. सं. २०७१ साल असोज ३१ गते बुबालाई भेट्न भनि आएका थिए । सोही राति खाना खाएर सुत्ने तरखरमा रहँदै गर्दा सुनमायाले फोनमा ठूलो स्वरमा कुराकानी गरेपछि भएको विवादका क्रममा उनको हत्या गरेर नजिकैको शौचालयमा पुर्‍याएर समर भागेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसीले जानकारी दिएकी छन् ।

सुनमायाको हत्यापश्चात् समर भारततर्फ भागेका थिए । केही दिनअघि तौथलीमा बाबुलाई भेट्न आउँदा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यून चापीय.....

गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई पक्राउ

काठमाडाैं, जेठ ७ । गुण्डागर्दी गरेको.....