कामपाकाे शंखमूलमा भीषण आगलागी, कम्तीमा १० वटा पसलमा क्षति

प्रकाशित मिति: १६ बैशाख २०८१, आईतवार १८:५५


काठमाडाैं, बैशाख १६ ।
काठमाडौं महानगरपालिकाको शंखमूलमा भएको आगलागीमा परी कम्तीमा पनि १० वटा पसलमा क्षति पुगेको छ ।

दोभान पुलस्थित विशाल केसीले सञ्चालन गर्दै आइरहेकाे देवी अटोमोबाइल्स (प्रा.) लि.मा विद्युत् सर्ट भएर आगलागी हुँदा साेही पसलसँगै रहेका टहरामा सञ्चालित बाबा ठाकुर मोटरसाइकल वर्कशप, जय बजरङ्गबली पान पसल, माछा पसल, एक खाजा पसल, किराना तथा तरकारी पसल, मासु पसल, फास्ट फुड रेस्टुरेन्ट र दुई वटा घरका भित्तामासमेत क्षति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीकाअनुसार आगलागीबाट मानवीय क्षति हुनबाट जाेगिएकाे छ ।

आगलागी साढे १ घण्टापश्चात् मात्र नियन्त्रणमा लिन सफल भएकाे थियाे ।

प्रहरीकाअनुसार क्षतिकाे पूर्ण विवरण आउन केही समय लाग्ने जनाएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यून चापीय.....

गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई पक्राउ

काठमाडाैं, जेठ ७ । गुण्डागर्दी गरेको.....