३१ वर्षीया सौतेनी आमाको धारिलो हतियार प्रहार गरी हत्या, छोरा पक्राउ

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार १४:०६


काठमाडाैं, बैशाख १७ ।
इलामको माई नगरपालिका-२ दिपुडाँडामा एक महिलाको हत्या भएको छ ।

गएराति करिब ११ बजे आमा ३१ वर्षीया नेत्रमाया खवासको धारिलो हतियार प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

उनको हत्या गरेको आरोपमा सौतेनी छोरा पक्राउ परेका छन् ।

गएराति ११ बजे मादक पदार्थ सेवन गरेर घर आएका २१ वर्षीय सन्देश दियालीले घरायसी विवादको क्रममा आफ्नै सौतेनी आमाको हत्या गरेको प्रहरीको दाबी छ ।

धारिलो हतियार बाम्फोकले शरीरको विभिन्न भागमा प्रहार गर्दा खवासको दाहिने हात पूर्ण रूपमा छिनेको थियो भने टाउकोमा समेत गम्भीर चोट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी चौकी दानबारीबाट खटिएको टोलीले हत्यामा संलग्न रहेको आरोपमा दियालीलाई धारिलो हतियारसहित पक्राउ गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको थलीमा शंकास्पद अवस्थामा पुरुषको शव फेला

काठमाडाैं, जेठ ८ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका थलीमा आज मंगलबार बिहान एक पुरुष मृत.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....