वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच लगानी सम्मेलनमा सम्झौता

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार १६:२५


काठमाडाैं, बैशाख १७ ।
नेक्सजेन म्यानेजमेन्ट सोलुसन (प्रा.) लि. र कोरियन कम्पनी एम.ए.वि.सि. इन्भेष्टमेन्ट ग्रुप (प्रा.) लि.बीच सम्झौता भएको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोश्राे दिन आज साेमबार सोसम्बन्धी सहमति चीनको लागि नेपालका राजदूत विष्णु पुकार श्रेष्ठको उपस्थितिमा भएको छ ।

सम्झौतामा एम.ए.वि.सि. इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योग लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारीक प्रतिनिधि शिवराज दवाडी (माधव दवाडी) ले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।

कोरियन कम्पनी एम.ए.वि.सि. इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यावसाय, हरित ऊर्जा, सेवा उद्योग, नविनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्वीकृति लिएको छ । यस्तो लगानीको रकम नेपाली ६ अर्ब रुपैयाँ बराबर रहेको छ ।

सम्झौता पत्रमा नेपालभित्र ल्याउने वैदेशिक लगानीमार्फत् स्थापना र सञ्चालन हुने यस्ता उद्योग व्यावसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

गृहमन्त्री लामिछानेकाे राजीनामा माग गर्दै तरुण दलद्वारा मसाल जुलुस प्रदर्शन

काठमाडाैं, जेठ ७ । प्रतिनिधि सभाकाे प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले.....

गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई पक्राउ

काठमाडाैं, जेठ ७ । गुण्डागर्दी गरेको.....

मिनी बस दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडाैं, जेठ ७ । सुर्खेतमा मिनी बस.....