तीन वर्षीया बालिकाकाे हत्या, छिमेकी आमा-छाेरी पक्राउ, एक फरार

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार १६:४५


काठमाडाैं, बैशाख १७ ।
सिरहामा एक तीन वर्षीया बालिकाको हत्या भएकाे छ । साेही हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सिरहा नगरपालिका-१८ जरुवा लक्ष्मीनियाँ टोलका रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या अभियोगमा छिमेकी ४७ वर्षीया सोनादेवी र उनकी छोरी पूजा कुमारी यादवलाई पक्राउ गरी आज साेमबार प्रहरीले सार्वजनिक गरेकाे छ ।

साे घटनामा संलग्न भएको आशंका गरिएका सोनादेवीका श्रीमान् धनिकलाल यादव भने फरार रहेका छन् ।

गत बुधबार बिहानदेखि हराइरहेकी रियाको शव खोजतलासका क्रममा दुई दिनपछि शुक्रबार राति छिमेकी धनिकलाल यादवको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिएका छन् ।

दुई परिवारबीच घरायसी झगडा हुँदै आएकाले सोही रिसिइबीका कारण बालिकाको हत्या भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ भने फरार रहेका धनिकलालकाे खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको थलीमा शंकास्पद अवस्थामा पुरुषको शव फेला

काठमाडाैं, जेठ ८ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका थलीमा आज मंगलबार बिहान एक पुरुष मृत.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....