साेमबार राति देशका विभिन्न स्थानमा वर्षा र हिमपातसँगै हावाहुरीकाे सम्भावना

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार २०:०१


काठमाडाैं, बैशाख १७ ।
आज सोमबार राति देशका विभिन्न स्थानहरूमा वर्षा र हिमपातसँगै हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले एक बुलेटिन जारी गरी जनाएकाे छ ।

महाशाखाकाअनुसार राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना देखिएको हो ।

यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातसमेत हुने सम्भावना रहेकाे महाशाखाले पूर्वानुमान गरेकाे छ ।

साथै, आज राति लुम्बिनी र कोशी प्रदेशका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना देखिएको पनि महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

थलीमा मृत फेला परेका पुरुषका छाेरा फर्पिङमा घाइते अवस्थामा फेला

काठमाडाैं, जेठ ८ । कागेश्वरी मनोहरा नगरपालिका-५, थलीमा आज मंगलबार बिहान मृत फेला परेका पुरुषका.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....