अन्ततः उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङ निर्वाचित

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार ०९:०९


काठमाडाैं, बैशाख १८ ।
प्रतिनिधि सभा इलाम क्षेत्र नं.-२ को उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ निर्वाचित भएका हुन् ।

सुहाङ दिवङ्गत सुवासचन्द्र नेम्वाङका छोरा हुन् । उनले बुबाको विरासत सम्हाल्ने जिम्मेवारी पाएका छन् । सुहाङ २७ हजार ७ सय ७२ मत पाएर विजयी भए । प्रतिस्पर्धी कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत ल्याए । स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले भने जमानतसमेत जोगाउन सकेनन् । उनले ५ हजार ५० मत पाए । सामाजिक सञ्जालमा एक नम्बरमा भनेर झ्याली पिटेको रास्वपा चौथो नम्बरमा खुम्चिएको छ । सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको असर जनमतमा परेको देखिएको छ ।

इलाम-२ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र नेकपा एकीकृत समाजवादीकासहित १६ जना उम्मेदवारको जमानत जफत भएको हो । रास्वपाका उम्मेदवार मिलन लिम्बु र एकीकृत समाजवादीका जितबहादुर राईले सदर मतको १० प्रतिशत पनि ल्याउन सकेनन् ।


प्रतिक्रिया

ताजा खबर

More

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडाैं, जेठ ८ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियालाई पक्राउ गर्न.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....