ललितपुरकाे गाेदावरीस्थित आनन्द वनमा डढेलाे सल्किँदा कुष्ठराेग अस्पताल जाेखिममा

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार ०९:४२


काठमाडाैं, बैशाख १८ ।
ललितपुरको गोदावरी नगरपालिका-६ स्थित आनन्द वनमा डढेलो सल्किँदा त्यहाँ अवस्थित रहेकाे कुष्ठरोग अस्पताल जोखिममा परेको छ ।

डढेलाे नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अग्नि नियन्त्रकसहितको टोली परिचालन भने गरिएको छ ।

लेलेतर्फको जंगलको डढेलो फैलिँदै आनन्द वनसम्म पुगिसकेकाे छ । त्यहाँ रहेको आनन्द वन अस्पतालको करिब ७ सय मिटरनजिकै डढेलो आइपुगेको प्रहरीले जनाएको छ ।
आनन्द वन अस्पतालमा कुष्ठरोगीहरूको उपचार हुने गरेकाे छ । त्यहाँ हाल ९३ जना बिरामीहरू उपचाररत् रहेका छन् ।

डढेलो फैलिँदै अस्पतालको नजिक आएकाले सतर्कता अपनाइएको ललितपुर प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन् । ‘डढेलो नियन्त्रणको प्रयास जारी रहेकाे छ, आवश्यक परेकाे खण्डमा बिरामीहरूलाई स्थानान्तरण गर्नेसम्मको तयारी गरिएको छ,’ उनले भने ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको थलीमा शंकास्पद अवस्थामा पुरुषको शव फेला

काठमाडाैं, जेठ ८ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका थलीमा आज मंगलबार बिहान एक पुरुष मृत.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....