ललितपुरकाे डढेलाे : नियन्त्रणमा लिने क्रममा दुई जना घाइते

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार १४:२७


काठमाडाैं, बैशाख १८ ।
ललितपुरको गोदावरी नगरपालिका-४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन् । प्रहरीकाअनुसार घाइते हुनेहरूमा शङ्कर पहरी र रमेश पहरी रहेका छन् ।

उनीहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन् । एसपी सुवेदीकाअनुसार शङ्कर पहरीको अवस्था अलि गम्भीर रहेकाे छ । डढेलाे नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीहरू खटिएका छन् ।

यता, ललितपुरको गोदावरीस्थित लेले जङ्गलमा ३-४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ । आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ । आगो अस्पतालनजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ । ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको एसपी सुवेदीले बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको थलीमा शंकास्पद अवस्थामा पुरुषको शव फेला

काठमाडाैं, जेठ ८ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका थलीमा आज मंगलबार बिहान एक पुरुष मृत.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....