ललितपुरकाे गाेदावरीस्थित बडिखेल वनमा लागेकाे डढेलाेमा जलेर एककाे मृत्यु

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार १५:३२


काठमाडाैं, बैशाख १८ ।
ललितपुरको गोदावरीस्थित बडिखेल वनमा लागेको डढेलोमा जलेर एक जनाको मृत्यु भएको छ ।

डढेलो निभाउने क्रममा आज मंगलबार घाइते भएका स्थानीय शंकर पहारीको मृत्यु भएको हो ।

जलेर गम्भीर घाइते भएका उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले जानकारी दिएका छन् ।

सोही डढेलो निभाउने क्रममा जलेर अरू दुई जना पनि घाइते भएका छन् । कीर्तिपुर अस्पतालमै एक जनाको उपचार जारी रहेकाे छ । राष्ट्रिय ट्रमा सेन्टरमा अर्का एक घाइतेको उपचार भइरहेको गोदावरी नगरपालिकाले जनाएको छ ।

गोदावरीकै लेले क्षेत्रको आनन्द वनमा सोमबार रातिदेखि लागेको डढेलो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तह तथा स्थानीयहरू रातिदेखि जुटेर लागेका छन् ।

यसैबीच, ललितपुरको गोदावरी नगरपालिकाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।

वडा नम्बर-४ का वडाध्यक्ष सानुभाई नगरकोटीकाअनुसार आगो नियन्त्रणको प्रयास जारी राखिएको भए तापनि नियन्त्रणमा कठिनाई भइरहेको छ । आगो नियन्त्रणका लागि गएका स्थानीयलाई स्वास्थ्यमा समस्या देखिएपछि अक्सिजनसमेत दिनुपरेको उनले बताए । वनमा सल्ला, धुपी जस्ता रुखहरू रहेको र हावाहुरी चलिरहेकाले नियन्त्रणमा समस्या भएको उनले बताए ।

गोदावरी नगरपालिकाभित्रका तपेश्वर, लेले, ठैडोललगायतका वनमा लागेको डढेलो नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास जारी राखे तापनि सफल हुन सकेको छैन ।


प्रतिक्रिया

ताजा खबर

More

गृहमन्त्री लामिछानेकाे राजीनामा माग गर्दै तरुण दलद्वारा मसाल जुलुस प्रदर्शन

काठमाडाैं, जेठ ७ । प्रतिनिधि सभाकाे प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले.....

गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई पक्राउ

काठमाडाैं, जेठ ७ । गुण्डागर्दी गरेको.....

मिनी बस दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडाैं, जेठ ७ । सुर्खेतमा मिनी बस.....