कामपाको धुम्बाराहीमा एकापसमा सवारी ठोक्किँदा २८ वर्षीय युवकको मृत्यु

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार १८:२५


काठमाडाैं, बैशाख १८ ।
काठमाडौंको धुम्बाराहीमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

प्रहरीकाअनुसार काठमाडौं महानगरपालिका-४, धुम्बाराही चोकमा सोमबार राति बा. प्र ०२-०३१ प ५०२२ नम्बरको मोटरसाइकल र बा. ७५ प १६५२ नम्बरको स्कुटर एकापसमा ठोक्किएका हुन् ।

दुर्घटनामा स्कुटर चालक काठमाडौं बुढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने २८ वर्षीय अन्नत कार्कीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा चाबहिलस्थित ओम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकल चालकको भने ह्याम्स अस्पतालमा उपचार जारी रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको थलीमा शंकास्पद अवस्थामा पुरुषको शव फेला

काठमाडाैं, जेठ ८ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका थलीमा आज मंगलबार बिहान एक पुरुष मृत.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....