नक्कली ड्राइभिङ लाइसेन्स बनाएकाे अभियाेगमा सरकारी कर्मचारी पक्राउ

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार १९:१७


काठमाडाैं, बैशाख १८ ।
नक्कली सवारी चालक अनुमति पत्र अर्थात् ड्राइभिङ लाइसेन्स बनाएको अभियाेगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यातायात कार्यालय बुटवलमा कार्यरत रहेका शाखा अधिकृत नारायण पाण्डे रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला प्रहरी कार्यालय बुटवलको सहयोगमा सोमबार आरोपित पाण्डेलाई नियन्त्रणमा लिइएको हो ।

ती कर्मचारी ट्राफिक प्रहरीको कारबाहीबाट यातायात कार्यालयमा ल्याइएका लाइसेन्सको नम्बर राखेर अर्को नक्कली लाइसेन्स बनाउँदै बिक्री गर्ने गरेको खुलेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन् ।

उनीविरुद्ध सरकारी लिखत किर्तेको कसुरमा आज मंगलबार जिल्ला अदालत काठमाडाैंबाट पाँच दिनको म्याद थप गरी सीआआबीले अनुसन्धान अगाडि बढाइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी कारोबारको तेश्रो दिन सुनको मूल्य १ हजार २ सय रुपैयाँले घट्यो

काठमाडाैं, जेठ ८ । नेपाली बजारमा सुनचाँदी कारोबारको तेश्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....