सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार २०:३४


काठमाडाैं, बैशाख १८ ।
सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक सयभन्दा बढी घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।

गाउँपालिकाको वडा नम्बर-१ चिम्टी टोलमा तीब्र गतिमा हावा चलेको समयमा आगलागी हुँदा ठूलो क्षति हुन पुगेकाे प्रहरीले जनाएको छ ।

स्थानीय वडाध्यक्ष जयकिशोर दासकाअनुसार स्थानीय शत्रुधन यादवको घरबाट सुरु भएको आगाेले गाउँ नै जलेको हो । उनले यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको साे बस्तीका अनुमानित एक सय ५० भन्दा बढी घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको वडाध्यक्ष दासले बताएका छन् ।

आगो निभाउने प्रयास भने जारी नै रहेकाे जनाएकाे छ । यता राजविराज, शम्भुनाथ, हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट आएको बारुण यन्त्रका साथै नेपाल प्रहरी र स्थानीयले आगो निभाउने प्रयास तीब्र रूपमा गरिरहेका छन् ।

आगलागी अहिले पनि भइरहेकोले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई रहेकाे छ । उक्त आगलागीमा करिब ६०/७० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले प्रारम्भिक अनुमान गरेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी कारोबारको तेश्रो दिन सुनको मूल्य १ हजार २ सय रुपैयाँले घट्यो

काठमाडाैं, जेठ ८ । नेपाली बजारमा सुनचाँदी कारोबारको तेश्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....