नेपालको राजकीय भ्रमणमा आएका कतारका अमिर शीतल निवासमा

प्रकाशित मिति: ११ बैशाख २०८१, मंगलवार १७:१२


काठमाडाैं, बैशाख ११ ।
नेपालका लागि दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपतिको कार्यालय भवन शीतल निवासमा पुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैँ उनी शीतल निवास पुगेका हुन् ।

आज मंगलबार विमानस्थलमा उत्रिएलगत्तै राजा थानीलाई लिएर राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता सुरु भएको छ । अपराह्न कतारका अमिर राष्ट्रपति निवास शीतल निवास पुग्दा राष्ट्रपति पौडेलले उनलाई स्वागत गरेका थिए ।

शीतल निवासको गण्डकी हलमा सुरु भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहेका ऊर्जा, जलश्राेत तथा सिँचाईंमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरू संलग्न रहेका छन् ।

उनीहरूबीच द्विपक्षीय हित र चासोसहित कूटनीतिक सम्बन्धका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि, विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विशिष्ट पदाधिकारीहरूले अमिर अल थानीलाई स्वागत गरेका थिए ।

अमिर थानीको सम्मानमा राष्ट्रपति पौडेलले आजै रात्रिभोजको आयोजना गर्ने कार्यक्रमसमेत रहेको छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भोलि बुधबार द्विपक्षीय वार्ता हुने कार्यक्रम पनि तय गरिएको छ ।

राष्ट्रपति पौडेलको निमन्त्रणामा कतारका अमिर अल थानी आजै नेपालको दुई दिने राजकीय भ्रमणमा लागि काठमाडाैं आएका हुन् ।

त्यसपछि, राजा सोल्टी होटलमा जाने तालिका रहेको छ । होटलमा कतारका अमिरको सम्मानमा राष्ट्रपति पौडेलले मंगलबार रात्री भोजको आयोजना गर्दै छन् ।


प्रतिक्रिया

ताजा खबर

More

प्रहरीद्वारा लागू औषध काराेबारी समात्न दुई राउण्ड गाेली फायर

काठमाडाैं, जेठ ३ । सुनसरीमा प्रहरीले एक लागू औषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको छ ।.....