१ कराेड १० लाख ठगी अभियाेगमा कामपा कलंकी बस्ने ४७ वर्षीय श्रेष्ठ पक्राउ

प्रकाशित मिति: १६ बैशाख २०८१, आईतवार १९:२५


काठमाडाैं, बैशाख १६ ।
रु. १ करोड १० लाख ठगी गरेकाे अभियाेगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका कलंकी बस्दै आएका ४७ वर्षीय भीमसेन कुमार श्रेष्ठ रहेका छन् ।

श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

बैंकमा रकम जम्मा गरेको स्लिप दिँदै घर-जग्गा आफ्नो नाममा पास गराएर ठगी गरेको आरोप श्रेष्ठमाथि लागेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

प्रहरीद्वारा लागू औषध काराेबारी समात्न दुई राउण्ड गाेली फायर

काठमाडाैं, जेठ ३ । सुनसरीमा प्रहरीले एक लागू औषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको छ ।.....