चक्कु प्रहार गरी एक २० वर्षीय युवकको हत्या

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार १०:५०


काठमाडाैं, बैशाख १७ ।
स्याङ्जामा चक्कु प्रहार गरी गएराति एक युवकको हत्भया एको छ ।

स्याङ्जाको वालिङ नगरपालिका-१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका-३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक इन्द्रबहादर रानाकाअनुसार बाँयटारी बस्दै आएका राप्ती-३ का ३५ वर्षीय निमबहादुर घर्तीले चौधरीलाई चक्कु प्रहार गरेका हुन् । घाइते चौधरीको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको हो ।

चक्कु प्रहार गर्ने घर्तीलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रानाले बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

प्रहरीद्वारा लागू औषध काराेबारी समात्न दुई राउण्ड गाेली फायर

काठमाडाैं, जेठ ३ । सुनसरीमा प्रहरीले एक लागू औषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको छ ।.....