इरानी सुरक्षा बलहरूले एक प्रदर्शनकारी किशोरीलाई यौन दुर्व्यावहारपश्चात् हत्या

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार १२:१३


एजेन्सी, बैशाख १८ ।
इरानी सुरक्षा बलहरूले एक प्रदर्शनकारी किशोरीलाई यौन दुर्व्यावहारपश्चात् हत्या गरेको खुलासा भएको छ । बिबिसीकाअनुसार एक इरानी किशोरीलाई इरानको सुरक्षा बलमा काम गर्ने तीन जना पुरुषले यौन दुर्व्यावहार र हत्या गरेका थिए । यी सुरक्षा बलहरूले लेखेको विश्वास गरिएको एउटा लीक कागजातबाट यो प्रकाशमा आएको हो ।

सन् २०२२ मा इरानमा जारी विरोध प्रदर्शनका क्रममा अचानक बेपत्ता भएकी १६ वर्षीया निका शक्रमानीको नौ दिनपछि शव फेला परेको थियो । इरान सरकारले उनले आत्महत्या गरेको दाबी गरेको थियो ।

यो प्रतिवेदनलाई “अत्याधिक गोप्य” भनी चिन्ह लगाइएको छ । यो रिपोर्ट सुरक्षा बल इस्लामिक रिभोलुसनरी गार्ड कोरद्वारा निकाको मुद्दामा गरिएको सुनुवाइको सारांश हो । यसमा उनका हत्याराहरू र सत्य लुकाउन खोज्ने वरिष्ठ कमाण्डरहरूको नाम समावेश छ ।

सो गोप्य प्रतिवेदनमा एक व्यक्तिले उनीहरूको शोषण गरेको, हातकडी लगाएर पनि निकाले विरोध गरिरहेको र हात खुट्टा हलाएर आफूलाई बचाउने प्रयास गरेको उल्लेख छ ।


प्रतिक्रिया

ताजा खबर

More

प्रहरीद्वारा लागू औषध काराेबारी समात्न दुई राउण्ड गाेली फायर

काठमाडाैं, जेठ ३ । सुनसरीमा प्रहरीले एक लागू औषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको छ ।.....