कामपाकाे अनामनगरबाट शैक्षिक भ्रमणमा गएकाे बस दुर्घटना, २१ जना घाइते

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार १३:५०


काठमाडाैं, बैशाख १८ ।
मुक्तिनाथबाट जोमसोमतर्फ जाँदै गरेको बस वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४, कागबेनीमा पल्टिँदा २१ जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेले प्रदेश ३-०१-००६ ख ६२२ नम्बरको बस मुक्तिनाथ सडकखण्डको सेल्फिडाँडामुनि मोडमाथि पल्टिँदा २१ जना यात्रु घाइते भएको जानकारी दिएका छन् ।

उनकाअनुसार घाइतेहरूको मुस्ताङ अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको अस्पताल श्राेतले जनाएको छ । घाइते हुनेमा १४ पुरुष र ७ महिला रहेका छन् ।

डीएसपी पाण्डेकाअनुसार काठमाडाैंको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा गएका विद्यार्थी सवार बस आज मंगलबार बिहान ९ बजे दुर्घटनामा परेको थियो ।

ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेकाे छ । बस सडकमै पल्टिएको थियो । प्रहरी र स्थानीयको सहयोगमा बस हटाएर सडक सुचारु गरिसकेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

चीनकाे एक काेइला खानीमा विष्फाेट, पाँच जनाकाे मृत्यु

एजेन्सी, जेठ ८ । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तस्थित एक कोइला खानीमा दुर्घटना हुँदा.....