काठमाडाैंमा श्रृंखलाबद्ध रूपमा चाेरी कार्यमा संलग्न काठमाडाैंका दुई जना खड्गीद्वय पक्राउ

प्रकाशित मिति: २३ बैशाख २०८१, आईतवार १९:४९


काठमाडाैं, बैशाख २३ ।
काठमाडाैंमा श्रृंखलाबद्ध रूपमा चोरी कार्यमा संलग्न रहेको अभियाेगमा प्रहरीले काठमाडाैंका दुई जना व्यक्तिलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काठमाडाैं महानगरपालिका-२० बस्ने ३७ वर्षीय जोन खड्गी र काठमाडाैं महानगरपालिका-३० मैतीदेवी बस्ने ३४ वर्षीय सञ्जय खड्गी रहेका छन् ।

गत बैशाख १६ गते दिउँसो ताहाचलस्थित सबिना खड्काको डेराबाट ल्यापटप, मोबाइल फोन र दुई तोला सुनसहित गर-गहना चोरी भएको थियो । उक्त घटनाको अनुसन्धानको क्रममा जोन र सञ्जयले चोरी गरेको खुलेको थियो । उनीहरूलाई शनिबार साँझ धुम्बाराहीबाट पक्राउ गरिएको थियो ।

काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीकाअनुसार उनीहरूको सीआरएस रिपोर्ट हेर्दा विभिन्न मितिमा काठमाडाैं उपत्यका अन्तर्गतका प्रहरी कार्यालयबाट ५ पटक चोरीसम्बन्धी लगायत अन्य कसुरमा मुद्दा दर्ता भएको पाइएको थियो । उनीहरूमाथि थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

जुवातास खेलिरहेकाे अवस्थामा तास र नगदसहित ११ जना पक्राउ

काठमाडाैं, जेठ ६ । काठमाडाैं र कास्की जिल्लामा जुवातास खेलिरहेकाे अवस्थामा प्रहरीले ११.....

प्रहरी हिरासतमा रहेका ३५ वर्षीय पुरुषकाे मृत्यु

काठमाडाैं, जेठ ६ । कैलाली प्रहरी.....