काठमाडाैंकाे दरबारमार्गमा भएकाे प्रहरी जवानकाे हत्या अभियाेगमा छ जना पक्राउ

प्रकाशित मिति: ६ जेष्ठ २०८१, आईतवार ११:४०


काठमाडाैं, जेठ ६ ।
प्रहरी जवान युवराज घिमिरेको हत्या गरेकाे आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरिएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरले पक्राउ परेकाहरूलाई आज आइतबार एक पत्रकार सम्मेलनकाे आयाेजना गरी सार्वजनिक गर्ने बताएको छ ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीकाअनुसार खोटाङको मजुवागढी गाउँपालिका-१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौंको तार्केश्वर-९ मनमैँजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो ।

उनी ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More