सनराइज होल्डिङ्स (प्रा.) लि.लाई एलएस क्यापिटलले कर्पाेरेट एड्भाइजरी सेवा दिने

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलवार १७:४५


काठमाडाैं, बैशाख २५ ।
एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेडबीच कर्पोरेट एड्भाइजरी सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । काठमाडाैं कमलादीस्थित सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडको कर्पोरेट कार्यालयमा एक कार्यक्रमकाबीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडका कार्यकारी अध्यक्ष सुभाष अमात्यले उक्त सम्झौतामा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार एलएस क्यापिटलले सनराइज होल्डिङ्स प्राइभेट लिमिटेडलाई कर्पोरेट एड्भाइजरी सेवा उपलब्ध गराउने र प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) तर्फ लैजान आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नेछ ।

सन् २०१४ मा स्थापना भएको सनराइज होल्डिङ्स प्राइभेट लिमिटेडको मुख्य उद्देश्य जलविद्युत, यातायात, कृषि र पर्यटन जस्ता अत्यावश्यकीय सरकारका प्राथमिक क्षेत्रहरूमा रणनीतिक रूपमा लगानी गर्नु हो । कम्पनीको चुक्ता पूँजी ४२ करोड रुपैयाँ रहेको छ । लगानी कम्पनीको रूपमा हाल स्टक एक्सचेञ्चमा सूचीकृत धितोपत्र कारोबार, पोर्टफोलियो व्यवस्थापन, लगानी र परामर्श सेवाहरूमार्फत् पूँजी बजारमा सक्रिय रूपमा सहभागी भई कम्पनीले दीर्घकालीन तथा अल्पकालीन जस्ता विभिन्न लगानी योग्य क्षेत्रहरूको पहिचान गरी लगानीलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने लक्ष्य राखेको छ ।

लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एलएस क्यापिटलले मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा बलियो उपस्थिति देखाएको छ । इजाजत प्राप्त मर्चेन्ट बैंकरको रूपमा क्यापिटलले मर्चेन्ट बैंकिङ्गसम्बन्धी वृहत सेवाहरू प्रदान गर्दै आइरहेकाे कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

नेशनल लाईफको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

काठमाडाैं, जेठ ६ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले इटहरीस्थित होटल सोल्टी.....