काठमाडौंमा अझै केही दिनसम्म वर्षा हुने सम्भावना

प्रकाशित मिति: २६ बैशाख २०८१, बुधबार ०४:१७


काठमाडाैं, बैशाख २६ ।
जल तथा मौसा मपुर्वानुमान महाशाखाले काठमाडौंमा अझै तीन दिन वर्षा हुने सम्भावना रहेको बताएको छ ।

पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण तीन दिन वर्षा हुने भएको हो । मंगलबार काठमाडौंका एक/दुई ठाउँमा मात्रै वर्षा भएको थियो । त्यसको तुलनामा आज बुधबार केही ठूलो र धेरै भू-भागमा वर्षा हुने मौसमविद् सरोज पुडाशैनीको भनाई रहेको छ ।

त्यस्तै, काठमाडौं उपत्यकामा मंगलबार र बुधबार ठूलो पानी पर्ने सम्भावना रहेको उनी बताउँछन् । ‘आजसम्म काठमाडौंमा हल्का वर्षाको मात्रै सम्भावना छ । तर भोलि र पर्सि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले विकास भएको प्रणाली कमजोर नहुँदासमम पानी पर्छ,’ उनले भने ।


प्रतिक्रिया

ताजा खबर

More

नेपाल लघु बिमक संघ विधिवत् रूपमा दर्ता

काठमाडाैं, जेठ ६ । देशको लघु बीमा क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी संघसंस्थाहरूसँग.....

नेशनल लाईफको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

काठमाडाैं, जेठ ६ । नेशनल लाईफ.....