काेराेना संक्रमितकाे संख्या बढ्दै, सरकार दगमगाउँदै !

प्रकाशित मिति: ५ जेष्ठ २०७७, सोमबार १९:१४


काठमाडाैं, जेठ ५ ।
विश्वभर महामारीकाे रूपमा फैलिँदै गइरहेकाे काेराेना भाइरस (काेभिड–१९)काे संक्रमित संख्या दिनहुँ हावासरी फैलिरहँदा नेपालकाे स्वास्थ्य निकाय र राजनीतिक दलकाे भूमिका अब कुन किसिमले अगाडि बढ्ला भन्ने प्रश्न अब भने उब्जिन थालेकाे छ । नेपालमा आज एकैदिन अहिलेसम्मकै बढी अर्थात ६२ जना नयाँ संक्रमित पुष्टि भएर कूल संक्रमित संख्या तीन सय ५७ जना पुगिसकेका छन् भने दुई जनाकाे मृत्युसमेत भइसकेकाे छ ।

एकातिर सांसद्ले नेपाल विश्वकाे नम्बर एक देश हाे कारण विश्वमा कहीँ नभएकाे घटना नेपालमा घट्न पुगेकाे छ । सांसद् सरिता गिरीले सभामुख महाेदय सामु आफ्नाे जिज्ञासा राख्ने क्रममा भनेकी छन् ‘नेपाल एउटा यस्ताे देश हाे, जहाँ मानिस मरिसकेपछि मात्र उनकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे हाे भनेर प्रमाणित गर्छ ।’

अर्काेतर्फ सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली अहिले जारी रहेकाे लकडाउनपश्चात् प्रधानमन्त्री पदबाट राजीनामा दिने कुरा अगाडि राखेर सरकार सञ्चालन गर्दै अर्का वरिष्ठ नेता वामदेव गाैतमलाई लालीपप देखाएर फकाए जस्तै फकाएर राखेका छन् । यस्ताे अवस्थामा मुलुक हाँक्ने कि विश्वभर फैलिरहेकाे राेग नियन्त्रणका लागि गतिलाे पाईला चाल्ने भन्नेमा सरकारमा रहेका माननीयहरू अहिले दाेसाँधमा परेका छन् ।

अर्काे कुरा भनेकाे मित्रराष्ट्र भारतमा थप गरिएकाे दुई साताकाे लकडाउन अबकाे साता दिनभित्रै फिर्ता लिने हल्लासमेत चल्न थालेका छन् ।  कारण भनेकाे अन्य राष्ट्रले भारतलाई दवाब दिइरहेकाे हल्लासमेत फैलिरहेका छन् । यसले पनि निर्धारण गर्छ कि नेपालमा बढाएकाे लकडाउनकाे अवधि र वर्तमान सरकारकाे आयु । त्यसैले बाहिरकाे हल्ला र उच्च तहमा भइरहेकाे खैलाबैलाले नेपालकाे राजनीतिक दाउपेच कुन अवस्थामा पुग्ने हाे याे आउँदाे समय परिस्थितिले यथाशीघ्र छर्लङ्ग पार्नेमा कुनै दुई मत भने नहाेला । जसका कारण अहिले यस्ताे स्थिति श्रृजना भएकाे छ कि एकतर्फ काेराेना संक्रमित बढ्दै अर्काे तर्फ सरकार भित्रभित्रै दगमगाउँदै अवस्थामा पुगेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडाैंकाे कपनबाट कटुवा पेस्ताेलसहित २३ वर्षीय युवा पक्राउ

काठमाडाैं, जेठ ४ । काठमाडाैं महानगरपालिकाको कपनबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जना.....