आफ्नै ५ वर्षीय छाेराकाे घाँटी थिचेर हत्या गरी फरार १७ वर्षीया आमा पक्राउ
काठमाडाैं, जेठ ४ ।
आमाकाे मन छाेराछाेरीप्रति सदैव स्नेह र माया हुन्छ । सानाे चाेटपटक लाग्दा पनि मन दुख्छ । आँखाबाट आँसु झर्छ तर, काेही आमा दानव भएर पनि निस्केका धेरै घटना सार्वजनिक भएका छन् । यस्तै भएकाे छ पर्साकाे वीरगञ्जमा । जसले आफ्नै ५ वर्षीय छोराको घाँटी थिचेर हत्या गरेर फरार रहेकी आमालाई प्रहरीले पक्राउ गर्न सफल भएकाे छ ।
घरमा कोही नभएको माैका छाेपी आफ्नै छोराको घाँटी थिचेर हत्या गरेर फरार रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका-१७ बस्ने आरती कुमारीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
उनीमाथि २०८० श्रावण २७ गते बिहान ९ बजे घरमा कोही नभएको माैका छाेपी आफ्नै छोराको हत्या गरेको गम्भीर आरोप लागेकाे छ । उनीविरुद्ध पर्सा जिल्ला अदालतले २०८० कात्तिक १९ गते ज्यान सम्बन्धी (कर्तव्य ज्यान) मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो ।
पर्साको वीरगञ्जमा घुमफिर गरिरहेको भनी विशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले उनलाई मंगलबार प्रहरीले वीरगञ्ज महानगरपालिका-१३ बाट पक्राउ गरेको हो ।
हत्यापछि फरार उनी भारत पूर्वी चम्पारण थाना रक्सौल, पोष्ट सिहपुर हरैया, ग्राम एकडर्वा टोलमा बस्दै आएको खुलेको थियाे ।
उनीमाथि आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया