सुर्खेतमा गाेली हानेर फरार व्यक्ति भक्तपुर सूर्यविनायकबाट पक्राउ

काठमाडाैं, जेठ ४ ।
करिब तीन महिना अगाडि सुर्खेतमा एक जनालाई ताकेर गोली हानी फरार रहेका व्यक्ति भक्तपुर नगरपालिकाबाट पक्राउ परेका छन् । वि.सं. २०८० फागुन १२ गते बेलुका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ गैरीचोकमा स्थानीय ३७ वर्षीय विनोद गिरीलाई लक्षित गरी गोली प्रहार भएको थियो ।
गोली प्रहार गरेर फरार रहेका मुख्य प्रतिवादी सोही ठेगानाका ३३ वर्षीय सन्तोष गिरीलाई काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुरबाट पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले बताएका छन् ।
उनीविरुद्ध ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजना र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भइसकेको छ । गिरीलाई सूर्यविनायकमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरी पक्राउ गरेको जनाएको छ ।
थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको एसपी रेग्मीले बताए ।
प्रतिक्रिया