ठिमीमा १२ फिट तल कार जम्प गरेर खाेलामा पुग्दा चालक गम्भीर घाइते (फाेटाेफिचर)

प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार २०:३४


काठमाडाैं, चैत १४ ।
पुरानो ठिमीमा पर्ने दिव्यश्वरी प्लानिङ-२ बाट पुल क्रस नगरी सिँधै अगाडि गएर कार माेड्दा १२ फिट तल जम्प गरेर खाेला छेउमा पुग्दा चालक गम्भीर घाइते भएका छन् ।

स्थानीय एक व्यक्तिले दिएकाे जानकारीअनुसार निजी कार दिव्यश्वरी प्लानिङ-२ बाट सिँधै आएर खाेलातिर जाने ड्याममा ठक्कर खाएर १२ फिट तल खसेकाे बताएका छन् । चालक कृषि विकास बैंकका ठूला व्यक्ति नै भएकाे र उनी एक्लै कारमा सवार रहेकाे बताइएकाे छ । दुर्घटनामा परी उनकाे घुँडा भाँचेकाे अवस्थामा उद्दार गरी अस्पताल लगिएकाे छ ।

आज साँझ करिब सवा ५ बजे बा. २० च ८१२४ नम्बरकाे उक्त निजी कार दुर्घटनामा परी कारकाे अगाडिकाे भाग सबै नष्ट भएकाे छ भने कारलाई पुरानाे ठिमीस्थित ट्राफिक प्रहरी कार्यालयमा लगिएकाे छ ।

एक ट्राफिक प्रहरीले जनाएअनुसार कारकाे ब्रेक फेल भएर उक्त दुर्घटना हुन पुगेकाे हाे कि भन्ने अनुमान गरेका छन् ।





प्रतिक्रिया

ताजा खबर

More

काठमाडाैंकाे कपनबाट कटुवा पेस्ताेलसहित २३ वर्षीय युवा पक्राउ

काठमाडाैं, जेठ ४ । काठमाडाैं महानगरपालिकाको कपनबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जना.....