कतारका राजा आउने भएपछि भोलि सार्वजनिक बिदा

प्रकाशित मिति: १० बैशाख २०८१, सोमबार १४:०४


काठमाडाैं, बैशाख १० ।
सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कतारका अमिर (राजा)ले नेपाल भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले कतारका अमिर तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका अवसरमा भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएकी छन् ।

कतारका अमिर राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक निमन्त्रणमा दुई दिने नेपाल भ्रमणका सिलसिलमा मंगलबार काठमाडौं आउँदै छन् । सोही क्रममा उनले राष्ट्रपतिसहित प्रधानमन्त्रीलगायत राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने छन् । अमिरको नेपाल भ्रमण खाडी मुलुकबाट पहिलो उच्चस्तरीय भ्रमणसमेत रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडाैंकाे कपनबाट कटुवा पेस्ताेलसहित २३ वर्षीय युवा पक्राउ

काठमाडाैं, जेठ ४ । काठमाडाैं महानगरपालिकाको कपनबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जना.....